PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बेढंगसँग ल्याएको यातायात व्यवस्थापन विधेयक फिर्ता लगे हुन्छ : कांग्रेस सांसद



बेढंगसँग ल्याएको यातायात व्यवस्थापन विधेयक फिर्ता लगे हुन्छ : कांग्रेस सांसद

काठमाडौं: सरकारले राष्ट्रिय सभामा पेश गरेको काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्रधिकरण विधेयक २०७६ बेढंगसँग ल्याएको कांग्रेस सांसदले आरोप लगाएका छन्।

आजको राष्ट्रिय सभा बैठकमा भौतिक पूर्वाधार एवं यातायातमन्त्री रघुवीर महासेठले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावपछि कांग्रेस सांसद राधेश्याम अधिकारीले विधेयक फिर्ता लैजान आग्रहसमेत गरे।

'काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्रधिकरण विधेयक २०७६ ल्याएको छ। विधेयकको नाम प्रधिकरण। तर प्रधिकरणबारे केही पनि उल्लेख छैन। प्रधिकरणलाई चै कार्यकारी अधिकृतको सिफारिसमा प्राधिकरण बन्ने देखियो,' सांसद अधिकारीले भने, 'प्राधिकरणको कन्सेप्ट नै क्लियर छैन। यस्तो विधेयक सैद्धान्तिक रुपमा कसरी अघि बढ्ला। हतारमा ल्याएको जस्तो लाग्यो। जिम्मा प्रमुख कार्यकारी अधिकृतलाई जिम्मा लगाइयो। यो कस्तो बन्ला। माननीय मन्त्रीसँग के अनुरोध गर्छु भने यो एैन फिर्ता लागे हुन्छ।'

विधेयकमा धेरै कुरा छुटेको दाबी गर्दै उनले दफादफामा संशोधन गर्नुपर्ने आफूले देखेको उलने बताए। अधिकारीले भने, 'दरबन्दीका कुरा छैन। सिडमनीका कुरा छैन। काठमाडौंमा धेरै नगरपालिका छन्। परिषद्मा सबै उपत्यकका नगरपालिकालाई राख्दा के बिग्रन्छ। संशोधन दफै पिच्छे गर्नुपर्ने देखिन्छ। संशोधन गरी साध्य छैन। अपरिपक्वा देखिन्छ। बेढंगसँग ल्याएर आएको देखें।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell