PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पशुपतिमा जनै पूर्णिमामा देखिएका दृष्य

पशुपतिमा जनै पूर्णिमामा देखिएका दृष्य

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौँ: श्रावण शुक्ल पूर्णिमाका दिन आज बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ र पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँधेका छन्। 

पशुपतिमा पनि बिहानैबाट रक्षासुत्र डोरी बाँध्नेको घुँइचो लागेको छ।
 
मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गर्छन्।

आजकै दिन तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्छन्। यसका लागि अघिल्लो दिनदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीतो गरी बस्ने चलन छ। यसरी व्रत बसेका तागाधारीले आज बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दतिउन र सप्तमृत्तिका लगाएर स्नान गर्छन्। 

रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायकलगायत वाग्मती नदीको किनार र मठ मन्दिरमा भक्तजनको भीड लागेको छ। 



ट्रेन्डिङ पोस्ट

Ncell