PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेपाली सिनेमामा बिहिबारै लाग्यो तीन फिल्म, हजार जुनीसम्मसँगै दुई बलिउड फिल्म प्रदर्शनमा



नेपाली सिनेमामा बिहिबारै लाग्यो तीन फिल्म, हजार जुनीसम्मसँगै दुई बलिउड फिल्म प्रदर्शनमा

काठमाडों :  विकासराज आचार्य निर्देशित फिल्म हजार जुनीसम्म आज बिहिबार नै प्रर्दशनमा आएको छ। हजुर जुनीसँगै दुई बलिउड फिल्म मिशन मंगल र बाटला हाउस पनि आजैबाट प्रर्दशनमा आएका छन्। 

जनै पूर्णिमाको अवसर पार्दै निर्माण टिमले हजार जुनीसम्मलाई बिहिबार नै प्रर्दशनमा ल्याएका हुन्। त्यस्तै भारतीय स्वतन्त्रता दिवसको अवसर पारेर भारतमा प्रर्दशनमा आएको मिशन मंगल र बाटला हाउस नेपालमा पनि आजदेखि प्रर्दशनमा आएको हो। 

यसअघि चलचित्र विकास बोर्डले मुख्य तीन चाडपर्व दशैं, तिहार र तिज बाहेक नेपाली तथा विदेशी फिल्महरु शुक्रबार मात्र प्रर्दशन गर्ने घोषणा गरेता पनि यो नियम लागु हुन सकेको छैन्। केही साता अघि आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै हजार जुनीको निर्माण टीमले यो फिल्म बिहिबार नै प्रर्दशन हुने र मिति नसर्ने जानकारी दिएको थियो।
 
त्यसो त हजुर जुनीसम्मले मल्टिप्लेक्समा राम्रो शो पाएको छ। फिल्ममा स्वस्तिमा खड्का, आर्यन सिंग्देल, सञ्चिता लुइटेल, प्रियंका कार्की, अनुभव रेग्मी लगायतका कलाकारहरुले अभिनय गरेका छन्। फिल्ममा प्रियंकाको अभिनय रहेको बताइए पनि पोस्टर र ट्रलेरमा भने उनी अटाएकी छैनन्। 

त्यस्तै अक्षय कुमार स्टारर फिल्म मिशन मंगल पनि आजदेखि नै प्रर्दशनमा आएको छ। जगन शक्ति निर्देशित फिल्ममा अक्षय कुमारसँगै विध्या वालन र सोनाक्षी सिन्हाको मुख्य भूमिका रहेको छ। 

साथै विवादै विवाद बीच जोन अब्रहम अभिनित फिल्म बाटला हाउस पनि प्रर्दशनमा आएको छ। बाटला हाउसलाई निखिल आड्वानीले निर्देशन गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell