PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

साहित्यकार दीक्षितको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि

साहित्यकार दीक्षितको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं: वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

पशुपति आर्यघाटमा दीक्षितलाई नेपाल प्रहरीको टुकडीले राष्ट्रिय सम्मान दिएको हो। दीक्षितलाई उनका छोरा विनोदले दागबत्ती दिए।

दीक्षितलाई श्रद्धाञ्जली दिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, ने क पाका वरिष्ठ नेता माधव नेपाललगायत पुगेका थिए ।

यसअघि उनको शव श्रद्धाञ्जलिका लागि कालिकास्थानमा राखिएको थियो। दीक्षित निवासमा श्रद्धाञ्जली व्यक्त गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, नेपाल काङ्ग्रेसका सभापति शेरवहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पुगेका थिए।  

निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका दीक्षितलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो। निवासमा शौचालय जाँदा बेहोश भएका ९७ वर्षीय दीक्षितलाई कमलपोखरीस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए। 

 दीक्षितका ‘माधवी’, ‘ऋग्वेद: केही प्रमुख सुक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायत ४६ कृति छन्। नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति दीक्षितले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार र सम्मान प्राप्त गरेका थिए। नेपाली पत्रकारिता क्षेत्रमा पनि उहाँको विशिष्ट योगदान छ। दीक्षितले ‘समीक्षा’, ‘आजकाल’लगायत साप्ताहिक पत्रिका सम्पादन गरेका थिए। उनको जन्म १९७९ फागुन ६ गते काठमाडौँको गैरीधारामा भएको थियो। 



ट्रेन्डिङ पोस्ट

Ncell