PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रदेश नम्बर ५ का ने क पाका प्रमुख सचेतकको ढकालको घरमा आक्रमण



पहिलोपोस्ट

प्रदेश नम्बर ५ का ने क पाका प्रमुख सचेतकको ढकालको घरमा आक्रमण
फोटोः टीका खरेलको फेसबुकबाट

बुटवलः प्रदेश नं ५ प्रदेशसभामा नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा गएराति अज्ञात समूहले आक्रमण गरेको छ। 

प्रमुख सचेतक ढकालको घरमा अज्ञात समूहले तीनवटा सिसामा मट्टितेल भरेर प्रहार गरेको र त्यसबाट उहाँ चढ्ने लु १ प ४५६ नंको सरकारी गाडीको पछाडिको भाग जलेर क्षतिग्रस्त भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक रविनराज मैनालीले जानकारी दिए। राति करीब २ः३० बजेको समयमा अज्ञात समूहले उक्त आक्रमण गरेको उनले बताए।

नेता ढकाल गम्भीर बिरामी भई केही दिनदेखि काठमाडौँस्थित मेडिसिटी अस्पताल भर्ना भएका छन्। सैनामैना–८ रामापुर कलौनीस्थित ढकालको घरमा पत्नी, बुबा–आमालगायत छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले नेता ढकालको घरमा राति अज्ञात समूहले आक्रमण गरेको बताए।

अन्य विवरण आउन बाँकी रहेको प्रवक्ता भण्डारीले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell