PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कीर्तिपुरको सापारु : धेधेपापा नाच्दै, यसरी मनाइँदै, हेर्नुस् २२ फोटोमा

कीर्तिपुरको सापारु : धेधेपापा नाच्दै, यसरी मनाइँदै, हेर्नुस् २२ फोटोमा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं: दिवंगतहरुको सम्झनामा आज सापारु (गाई जात्रा) मनाइँदैछ। काठमाडौं उपत्यकामा सापारुलाई विभिन्न किसिमले मनाउने गरिन्छ। काठमाडौंमा दिवंगतहरुको सम्झनामा बालबालिकालाई सिंगारेर गाई अंकित चित्र, मुकुन्डो, सिङ लगाएर नगर परिक्रममा गराउने गरिन्छ। त्यस क्रममा बालबालिकालाई फलफूल, रोटीलगायतका खानेकुरा दिने चलन रहेको छ।

यता, कीर्तिपुरमा भने अलि फरक किसिमले सापारु मनाइयो। गोरखा राज्य विस्तारका क्रममा पृथ्वीनारायण शाहले कीर्तिपुरमाथि आक्रमण गर्दा कीर्तिपुरकै धन्चा सिख्वाको परिवारले शाहको साथ दिएका थिए। धान्चाले आफ्नै देशविरुद्ध गद्दारी गरेकोले उनीहरुको परिवारलाई ध्याचू खुवाउने भनेर ख्वापा (मुकुन्डो) लगाएर नगर परिक्रमा गराउँदै नाच प्रदर्शन सुरु भएको स्थानीय बताउँछन्। यस नाचलाई कीर्तिपिुरवासीहरुले व्यंगात्मक जीवन्त संस्कृतिका रुपमा लिँदै आएका छन्। 

विभिन्न प्रकारका ख्वापा लगाएर प्रदर्शन हुने धेधेपापा प्याखं कीर्तिपुरको मौलिक नाचलाई व्यंगात्मक रुपमा प्रस्तुत गरिने गर्छ।

धेधेपापा नाचसँगै अन्य स्थानमा झै बालबालिकालाई प्रतीकात्मक रुपमा गाईको स्वरुप बनाएर नगर परिक्रमा गरिएको थियो। यस्तै मानिसहरु विभिन्न भेष धारण गरी नाच्दै सापारुमा सहभागी भएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell