PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ने क पाको ३२ विभाग प्रमुखमा पूर्व एमालेलाई १८, पूर्व माओवादीलाई १४



ने क पाको ३२ विभाग प्रमुखमा पूर्व एमालेलाई १८, पूर्व माओवादीलाई १४

काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ३२ विभाग प्रमुख र उपप्रमुखको टुंगो लगाएको छ।
 
शुक्रबार बसेको पार्टी सचिवालय बैठकले ३२ वटै विभागको टुंगो लगाएको हो। लामो समयको विवादित बनेको स्कुल विभागको जिम्मेवारी ईश्वर पोखरेललाई दिएको छ। ने क पाले विभागसँगै ७ वटा प्रदेशमा सहइन्चार्ज पनि चयन गरेको छ।
 
त्यस्तै सचिवालय बैठकले वामदेव गौतमलाई उपाध्यक्ष प्रस्ताव गरेको र अनुमोदनका लागि केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिएका छन्। उनलाई ‌संगठन विभागको जिम्मेवारी दिइएको छ।

पूर्व एमालेको भागमा १८ र पूर्व माओवादीको भागमा १४ विभाग भन्ने यस अघि नै तय भएको थियो।

कसको भागमा कुन विभाग? 
 

पूर्व एमालेको भागमा 
अर्थ तथा योजना विभाग प्रमुख - सुरेन्द्र पाण्डे
उद्योग तथा वाणिज्य विभाग - राधा ज्ञवाली
निर्वाचन - प्रदिप ज्ञवाली
न्याय काननु तथा मानवअधिकार - रघुजी पन्त
पर्यटन प्रवद्र्धन तथा नागरिक उडययन - योगेश भट्टराई
प्रादेशिक मामला - घनश्याम भूसाल 
स्कूल विभाग - इश्वर पोखरेल
भौतीक पूर्वाधार तथा यातायात व्यवस्था - रघुवीर महासेठ
विदेश मामला - माधवकुमार नेपाल
श्रम तथा रोजगार - गोकर्ण विष्ट
संगठन - वामदेव गौतम 
संघीय संसदीय विभाग - सुवास नेम्वाङ
समाज कल्याण विभाग - केशवलाल श्रेष्ठ  
सहकारी तथा गरिवी - विष्णु रिमाल
सामान्य प्रशासन - लालवावु पण्डित 
स्थानीय तह विभाग - युवराज ज्ञवाली  
स्वास्थ्य तथा जनसंख्या - राजेन्द्र पाण्डे 
नीति अनुसन्धान प्रतष्ठिान - झलनाथ खनाल
 

पूर्व माओवादीको भागमा
उपभोक्ता हित आपूर्ति विभाग - मातृका प्रसाद यादव 
कृषि तथा भूमिसुधार विभाग - चक्रपाणी खनाल  
कोष तथा आर्थिक व्यवस्थापन विभाग - हरिबोल गजुरेल 
खानेपानी तथा सरसफाई विभाग - बिना मगर
जलश्रोत, सिंचाई तथा उर्जा विभाग प्रमुख - वर्षमान पुन  
प्रचार तथा प्रकाशन विभाग - नारायणकाजी श्रेष्ठ
पुस्तकालय तथा अभिलेख विभाग - नारायणप्रसाद शर्मा 
युवा तथा खेलकूद विभाग - टोपबहादुर रायमाझी  
राजकीय मामला तथा सुशासन विभाग - रामबहादुर थापा      
बन तथा वातावरण विभाग - शक्ति बस्नेत  
विज्ञान तथा प्रविधि विभाग - गणेश शाह
शिक्षा तथा मानवश्रोत विभाग- गिरिराजमणी पोख्रेल  
 शहरी विकास विभाग - लेखराज भट्ट 
साहित्य, कला तथा संस्कृति विभाग - मणि थापा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell