PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

नरेन्द्र मोदीलाई भुटानमा रेड कार्पेट सहित स्वागत



नरेन्द्र मोदीलाई भुटानमा रेड कार्पेट सहित स्वागत
फोटो: INDIA IN DIPLOMACY

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भुटान पुगेका छन्। दोस्रोपटक प्रधानमन्त्री निर्वाचित भएपछि उनी पहिलो औपचारिक भ्रमणका क्रमा भुटानको राजधानी थिम्पु पुगेका हुन्। 

मोदीलाई भुटानका प्रधानमन्त्री लोटे छिरिङले विमानस्थलमा नै स्वागत गरेका थिए। 

भ्रमणका क्रममा मोदीले भुटानसँग आर्थिक र विकास साझेदारीका साथै जलविद्युत परियोजनाबीच चर्चा गर्ने जनाइएको छ। विमानस्थलबाट सिमटोखा डोजोङ पुग्ने क्रममा मोदीलाई सडकको दायाँ बायाँ उभिएर भुटानीहरुले स्वागत गरेका थिए। 

यसैबीच मोदी र छिरिङमा रुपे कार्ड उद्घाटन गर्नुका साथै विभिन्न सम्झौतापत्रहरुमा हस्ताक्षर समेत गरेका छन्। 

भ्रमणका क्रममा मोदीले भुटानका राजा जिगमे केशर नामग्येल वाङचुकसँग पनि भेट गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell