PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

लोकसेवा विज्ञापनविरुद्ध लाठी जुलुस : पुतलीसडकमा प्रहरी र प्रदर्शनकारीबीच झडप



लोकसेवा विज्ञापनविरुद्ध लाठी जुलुस : पुतलीसडकमा प्रहरी र प्रदर्शनकारीबीच झडप

काठमाडौं : लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापन असमावेशी भएको भन्दै आन्दोलनरत पक्षले आज राजधानीमा लाठी जुलुस निकाल्दै विरोध प्रदर्शन गरेका छन्।

आरक्षण बचाउ आन्दोलनको आयोजनामा भएको प्रदर्शन भृकुटीमण्डप, प्रदर्शनी मार्ग, शंकरदेव क्याम्पस हुँदै पुतली सडक पुग्ने क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो। प्रहरीले भिड नियन्त्रणमा लिन लाठीचार्ज गर्नुका साथै केही जनजाति अगुवाहरुलाई नियन्त्रणमा लिएको छ। लाठीचार्जका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन्।

आन्दोलनकारीको प्रदर्शनका कारण केही समय ट्राफिक ठप्प भएको थियो। हाल भने प्रहरीले सवारी आवागमन संचालनमा ल्याएको छ।

दुई महिनादेखि यो विषयमा आन्दोलन भइरहेको छ। लोकसेवा आयोगले संघीयताको मुल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरीत प्रकाशित गरेको विज्ञापनविरुद्ध खारेज गर्दै आरक्षणसहित नयाँ विज्ञापन जारी नगरेसम्म आन्दोलन नरोकिने अभियन्ताहरुले जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell