PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

घाँस काट्न गएकी किशोरीको लडेर मृत्यु



बेत्रावतीः नुवाकोटको किस्पाङ गाउँपालिका–५ अर्चलेमा घाँस काट्न गएकी एक किशोरीको शनिवार भीरबाट लडेर मृत्यु भएको छ। स्थानीय १७ वर्षीया रचना भट्टको घाँस काट्न जाँदा भीरबाट लडेर मृत्यु भएको वडाध्यक्ष नरहरि भट्टले जानकारी दिए।

वडाध्यक्षा भट्टका अनुसार आमासँग घरछेउकै बारीमा घाँस काट्न गएकी रचना भीरबाट लडेकी थिइन्। उनी बौद्धिक अपाङ्गतासमेत भएकी हुनाले भीरबाट लडेपछि मद्दत माग्न नसक्दा अत्यधिक रक्तस्राव भएर मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell