PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

लागुऔषध सहित दुई पक्राउ, ३४० लिटर अवैध घरेलु मदिरा नष्ट



लागुऔषध सहित दुई पक्राउ, ३४० लिटर अवैध घरेलु मदिरा नष्ट

लहानः सिरहा प्रहरीले प्रतिबन्धित लागुऔषधसहित गए राति सिरहाको छुट्टाछुटै स्थानबाट दुई युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट गएको टोलीले प्रतिबन्धित लागुऔषधसहित सिरहाको लहान नगरपालिका–१ निवासी २६ वर्षीय मनोजप्रसाद खत्वे र सिरहा नगरपालिका–१७ माडरबाट ठेगाना नखुलेका २७ वर्षीय विजयकुमार पासवानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सीमावर्ती प्रहरी चौकी हरकट्टीको गस्ती प्रहरी टोलीले खत्वेको साथबाट फेनारगन ५६ एम्पुल, नोर्फिन ५८ एम्पुल, डाइजिल्याप ५५ एम्पुल, एक थान सिरिन्ज र पासवानको साथबाट नाइट्राभेट १५० ट्याब्लेट बरामद गरेको हो। पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

३४० लिटर घरेलु मदिरा नष्ट

सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट ३४० लिटर घरेलु मदिरा नष्ट गरेको छ। अवैध मदिरा नियन्त्रण अभियानअन्तर्गत प्रहरी टोलीले सुखीपुर नगरपालिका–२, कर्जनहा नगरपालिका–८ कर्जन्हा र सिरहा नगरपालिका–५ बसभिट्टाबाट ३४० लिटर घरेलु मदिरा, १ हजार ७५ लिटर कच्चा पदार्थ र  मदिरा बनाउने चार थान मेसिन नियन्त्रणमा लिई नष्ट गरेको हो।

बरामद घरेलु मदिरा, भाँडाकुँडा र कच्चा पदार्थ स्थानीय बासिन्दा र वडाध्यक्ष लगायतको रोहबरमा नष्ट गरिएको प्रहरीले जानकारी दिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell