PahiloPost

Sep 21, 2019 | ४ असोज २०७६


आगामी निर्वाचनपछि पदमा बस्न मन छैन, त्यतिन्जेल धैर्य गर्दा हुन्छः प्रधानमन्त्री


पहिलोपोस्ट

आगामी निर्वाचनपछि पदमा बस्न मन छैन, त्यतिन्जेल धैर्य गर्दा हुन्छः प्रधानमन्त्री

काठमाडौः प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनपछि प्रधानमन्त्रीको पदमा बस्न आफूलाई कुनै मन नरहेको बताएका छन्।

आइतबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निर्वाचनपछि  फेरि प्रधानमन्त्री बन्ने मन नभएको बताउँदै आगामी निर्वाचनसम्म धैर्य गर्न अनुरोध गरे।

'एक जनाले भनेको सुनेँ प्रधानमन्त्री लगलग काँपिरहेको छ, अब जाने भो। पद नगएको दुनिँयामा कोही देखेको छैन अहिलेसम्म। राजा महाराजा, निर्वाचित प्रतिनिधिहरुको पद कुनै न कुनै दिन जान्छ’ प्रधानमन्त्री ओलीले भने, 'आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन त्यसकारण निर्वाचनसम्म धैर्य गर्न आग्रह गर्न चाहन्छु।'

केही प्रतिगामी तत्वहरु सडकमा आउँदैमा निर्वाचित सरकार डराएर भाग्छ भन्ने दिवास्वप्न नदेख्न समेत उनले आग्रह गरे। सरकारले अहिलेसम्म ठूला ठूला चुनौतीको सामना गर्दै आएको दाबी पनि गरे।

उनले पहिले ठेगान लगाएका शक्तिहरुलाई फर्काउँछु भन्ने बेमौसमी बाजा नबजाउन प्रतिगामी तत्वलाई चेतावनी समेत दिए।

'ठेगान लगाएका शक्तिहरुलाई फर्काउँछु भन्नेहरुलाई सरकारले उदारता देखाएको ती शक्तिलाई नपत्याएर हो। पत्याएको दिन सरकार मैदानमा उत्रन्छ', उनले भने ।

 



आगामी निर्वाचनपछि पदमा बस्न मन छैन, त्यतिन्जेल धैर्य गर्दा हुन्छः प्रधानमन्त्री को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट