PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

दोस्रोपटक भारतीय क्रिकेट टिमको कोच बनेसँगै रवि शास्त्रीले भने,'यो टिमले एक विरासत छोड्न सक्छ'



दोस्रोपटक भारतीय क्रिकेट टिमको कोच बनेसँगै रवि शास्त्रीले भने,'यो टिमले एक विरासत छोड्न सक्छ'

भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा फेरि रवि शास्त्री नियुक्त भएका छन्। अब उनले सन् २०२१ सम्मका लागि भारतीय टिमको जिम्मेवारी सम्हाल्ने छन्। शास्त्री सन् २०१४ देखि २०१६ सम्म भारतीय क्रिकेट टिममा डाइरेक्टर रहेका थिए। सन् २०१७ मा उनलाई टिमको प्रशिक्षक बनाइएको थियो। 

विश्वकप सेमीफाइनलमा भारतीय टोली पराजित भएपश्चात उनको नेतृत्वमाथि प्रश्न उठेको थियो। 

कपिलदेव नेतृत्वको क्रिकेट एडभाइजरी काउन्सिलले शुक्रबार उनलाई प्रशिक्षकको जिम्मेवारी पुनः दिने निर्णय गरेको थियो। त्यसो त, शास्त्रीसहित कोचिङ् स्टाफको कार्यकाल विश्वकपसँगै समाप्त भए पनि बोर्डले उनीहरुको ४५ दिन म्याद थपेको थियो। बोर्डले ३० जुलाईसम्म कोच र कोचिङ् स्टाफका लागि आवेदन मागेको थियो, जसमा करिब २००० आवेदन परेका थिए। त्यसबाट ६ जनाको नाम सर्ट लिस्टमा राखिएको थियो। 

दोश्रो कार्यकालका लागि प्रशिक्षक बनेसँगै शास्त्रीले भने, 'मलाई भरोसा छ की यो टिमले एक विरासत छोड्न सक्छ, जसलाई दशकौं पछिसम्म पनि टिमहरुले पिछा गर्नेछन्।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell