PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एसइईको पूरक (ग्रेडवृद्धि) परीक्षा आज शुरु



एसइईको पूरक (ग्रेडवृद्धि) परीक्षा आज शुरु

भक्तपुर: माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको पूरक (ग्रेड वृद्धि) परीक्षा आज शुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज बिहान ८ बजेबाट देशभरिका ३ सय ४ परीक्षा केन्द्रमा एकैसाथ परीक्षा शुरु गरेको छ।

परीक्षामा करिब १ लाख ५० हजार परीक्षार्थी सहभागी भएको परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए। आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा भएको छ। सबैभन्दा धेरै गणितमा १ लाख ५० हजार विद्यार्थी र त्यसपछि विज्ञान र अङ्ग्रेजीमा परीक्षार्थीको सहभागिता रहने उनले बताए।

परीक्षा नियन्त्रणा कार्यालयले गत असार १२ गते सार्वजनिक गरेको एसइईको नतिजामा ‘सी’ वा ‘सी’भन्दा कम ग्रेड प्राप्त गरेका विद्यार्थीले आफूले चाहेको विषयमा ग्रेडवृद्धि गर्न पाउने व्यवस्था गरेपछि यस वर्ष परीक्षार्थीको संख्या बढेको थियो। परीक्षा यही भदौ ११ गतेसम्म सञ्चालन हुनेछ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell