PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

भुटानी युवा वैज्ञानिकले भारतमा आएर आफ्नो देशको लागि सानो स्याटालाइट बनाउन सक्छन्: मोदी



भुटानी युवा वैज्ञानिकले भारतमा आएर आफ्नो देशको लागि सानो स्याटालाइट बनाउन सक्छन्: मोदी
फोटो :ANI

थिम्पु: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले भुटान भ्रमणमा छन्। शनिवार भुटान पुगेका मोदीले त्यहाँका प्रधानमन्त्री लोटे छिरिङसँग वार्ता गर्नुका साथै द्विपक्षिय सन्धी सम्झौतामा हस्ताक्षर समेत गरेका थिए।

मोली आइतवार बिहान भुटानको रोयल विश्वविद्यालयलाई सम्बोधन गर्न पुगेका थिए। विद्यार्थीहरुलाई सम्बोधन गर्दै मोदीले भुटानलाई स्याटालाइट बनाउनेमा भारतले सहयोग गर्ने घोषणा गरेका छन्।

मोदीले दुई राष्ट्रले एकअर्काको परम्परा बुझेको भन्दै भने,' भुटानका युवा वैज्ञानिकहरु भारतमा आएर आफ्नो लागि सानो (नानो) स्याटालाइट बनाउन काम गर्नेछन्।'

 

भुटान विश्वकै खुशी राष्ट्र रहेको उल्लेख गर्दै मोदीले आफूलाई सडकको दायाँबायाँ स्वागत गर्न बसेका हजारौं भुटानीहरुबाट निकै प्रभावित रहेको बताए। यस्तै उनले भुटानी जनतालाई खुशीको मूल्य थाहा भएको भन्दै भुटानको खुशी देखेर १. ३ अरब भारतीय समेत खुशी हुने तर्क गरे। 
मोदी आज स्वदेश फर्कने कार्यक्रम रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell