PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

रवि लामिछानेविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा किटानी जाहेरी



पहिलोपोस्ट

रवि लामिछानेविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा किटानी जाहेरी

काठमाडौं : पत्रकार शालिकराम पुडासैनीकी श्रीमतीले प्रहरीमा किटानी जाहेरी दिएकी छिन्।

आइतबार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौं पुगेर उनले जाहेरी दिएकी हुन्। आफ्नो श्रीमानलाई आत्महत्या गर्न दुरुत्साहित गरेको भन्दै संचारकर्मी रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मित कार्कीविरुद्ध जाहेरी दिएकी हुन्।

‘जाहेरी आएको छ। हामी चितवन प्रहरीलाई पठाउँछौँ,' परिसरका डिएसपी होविन्द्र बोगटीले भने।

गत बिहीबार प्रहरीले पुडासैनीको आत्महत्याको विषयलाई लिएर सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनालाई नियन्त्रणमा लिएको थियो। जिल्ला अदालतबाट शुक्रबार पाँच दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।

साउन २० गते राति नारायणढस्थित पोखरा बसपार्कमा रहेको होटेल कंगारुको २०२ नम्बर कोठमा सञ्चारकर्मी पुडासैनी मृत अवस्थामा फेला परेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell