PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मुक्ति दिवसको उपेक्षा गरेकोमा कमल थापाको आक्रोश



पहिलोपोस्ट

मुक्ति दिवसको उपेक्षा गरेकोमा कमल थापाको आक्रोश

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजा महेन्द्रले गरेको जातीय छुवाछूत उन्मुलन आधुनिक इतिहास कै क्रान्तिकारी कदम भएको बताएका छन्।

राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनद्वारा काठमाडौंमा आयोजित ५६ औं मुक्ति दिवसको अवसरमा बोल्दै अध्यक्ष थापाले छुवाछूत प्रथाले जरा गाडेर बसेको अवस्थामा राजा महेन्द्रले यस कुप्रथालाई उन्मुलन गर्नु ऐतिहासिक र महत्त्वपूर्ण कार्य भएको बताए।

अध्यक्ष कमल थापाले नेपालका ग्रामीण भेगमा अझै छुवाछूत र जातीय विभेद जस्ता कुप्रथा कायम रहेको र यसैलाई आधार बनाइ विदेशी धर्म र विदेशी संस्कृति लाद्न चाहनेहरुले धर्म परिवर्तन जस्तो जघन्य कर्म गरिरहेकोमा चिन्ता व्यक्त गरे।

त्यस्तै, थापाले मुक्ति दिवसलाई केवल एउटा घटना वा राजासित जोडेर नहेर्न सरकारसँग आग्रह गरे।

अध्यक्ष थापाले जातीय विभेदको अन्त्य, सबैखाले शोषण र विभेदको अन्त्य हुनुपर्छ भन्ने मान्यतामा लामो संघर्ष गरेका र तिनकै नेतृत्वमा रहेको सरकार र व्यवस्थाले मुक्ति दिवसलाई उपेक्षा गर्नु दु:खद भएको बताए।

थापाले जातीय छुवाछूतलाई हिन्दु धर्मसित जोडेर हेरिएता पनि कुनै पनि धर्मग्रन्थमा जातीय विभेद नभएको प्रष्ट पर्दै गीता र वेदले जातीय विभेद होइन समानताबारे चर्चा गरेको जानकारी दिए।

२०१९ भाद्र १ गतेकै दिन राजा महेन्द्रले नयाँ मुलुक ऐन जारी गरी जातीय छुवाछूत उन्मुख गराएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell