PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

९२ औं अस्कर अवार्डका लागि नेपाली फिचर फिल्मलाई आवेदन खुला  



९२ औं अस्कर अवार्डका लागि नेपाली फिचर फिल्मलाई आवेदन खुला  

द एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेसले ९२ औं एकेडेमी अवार्ड (द अस्कर अवार्ड) प्रदान गर्ने मिति तय भएको छ। सन् २०२० फेब्रुअरी ९ मा अमेरिकाको लस् एन्जेलस्को डल्बी थिएटरमा अवार्ड वितरण हुँदैछ।

अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिले सो अवार्डमा सहभागी हुन चाहने नेपाली फिचर फिल्म निर्माता, निर्देशकलाई आवेदन खुला भएको जनाएको छ। समितिले विज्ञप्ती जारी गर्दै छनोट प्रक्रिया अघि बढाएको बताएको हो।

इच्छुक फिल्मकर्मीले २०१९ अगस्ट ३० अर्थात् मिति २०७६ भदौ १३ गते शुक्रबार २ बजेभित्र आवेदन दिनु पर्नेछ।

सन् २०१८ अक्टोबर १ अर्थात् वि.सं. २०७५ असोज १५ गतेभन्दापछि तथा २०७६ साल भदौ १३ (सन् २०१९ अगष्ट ३०) गतेभन्दा पहिला प्रदर्शन भएको फिल्मले मात्रै आवेदन दिन पाउनेछन्।

आवेदनसँगै निर्देशक, निर्माता, कलाकार आदिका साथै सबै प्राविधिकहरूको नामावली, अंग्रेजी भाषामा लेखिएको चलचित्रको सारांश, निर्देशकको फिल्मोग्राफी समावेश गर्नुपर्नेछ। त्यस्तै सहभागी जनाउन चाहने फिल्मले एक साताभन्दा बढी प्रदर्शन भएको प्रमाणित हुनेगरि समाचार वा अन्य सामाग्री पनि पेश गर्नु पर्नेछ। सम्बन्धित चलचित्रका ३ देखि ५ वटा तस्विरहरू, निर्देशकको तस्विर, चलचित्र रिलिज हुँदाको पोस्टर, चलचित्रको डिजिटल कपी उपलब्ध गराउन विज्ञप्तीमार्फत भनिएको छ।

अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले छनोट गरेको फिल्म अस्कर प्रतियोगितामा अन्तर्राष्ट्रिय फिचर फिल्म विधाका लागि पठाइने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell