PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

जनताले गाली गरेपछि राजीनामा फिर्ता लिएँ : सूर्यनारायण यादव



जनताले गाली गरेपछि राजीनामा फिर्ता लिएँ : सूर्यनारायण यादव

समाजवादी पार्टीका सांसद डा. सूर्यनारायण यादवले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिएका छन्। गत सोमबार सभामुख कृष्णबहादुर महरालाई यादवले राजीनामा बुझाएको सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिएका थिए। यादवले आफूलाई मधुमेह, उच्च रक्तचाप लगायतका समस्या रहेको भन्दै राजीनामा दिएका थिए। 

तर, पहिलोपोस्टसँगको कुरामा भने यादवले आफूले सभामुखलाई नभइ पार्टीका अध्यक्षलाई राजीनामा दिएको बताए। उनले भने, 'स्वास्थ्यका कारण बैठकमा उपस्थित हुन गाह्रो भएकाले मैले सभामुखलाई दिन भन्दै अध्यक्षलाई राजीनामा बुझाएको थिएँ। उहाँले सभामुखलाई दिनु भएको रहेनछ।'

आज समाजवादी पार्टीको संसदीय दलको बैठक उनको राजीनामा बारेमा चर्चा भएको थियो। पार्टीसँग छलफलपछि उनले अध्यक्षलाई बुझाएको राजीनामा फिर्ता लिएको भन्दै भने' राजीनामा दिएको भन्दै जनताले गाली गरे , पार्टीका नेताहरुले पनि फिर्ता लिन भने। त्यसैले आजै मैले राजीनामा फिर्ता लिने निर्णय गरें।' 

२०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा सप्तरी १ बाट यादव निर्वाचित भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell