PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

पूर्व राजदूत झा हत्या प्रकरणः श्रीमतीको किटानी जाहेरीपछि सुरक्षागार्ड पक्राउ



पहिलोपोस्ट

पूर्व राजदूत झा हत्या प्रकरणः श्रीमतीको किटानी जाहेरीपछि सुरक्षागार्ड पक्राउ

काठमाडौं : पूर्व राजदूत केशव झा हत्या भएको एक वर्ष हुनै लाग्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन।

प्रहरीले हत्याको अनुसन्धान गर्न पुनः झाको घरमा सुरक्षागार्डमा खटिएका एक जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले गत शुक्रवार काभ्रे पनौती नगरपालिका वडा नम्बर १० का सानुकान्छा तामाङलाई  नियन्त्रणमा लिएको हो। एक वर्षदेखि महानगरीय अपराध महाशाखाले घटनाको अनुसन्धान गरिरहेको छ।

'घटनामा थप अनुसन्धान गर्नु पर्ने भएर नियन्त्रणमा लिएका हौं,' महाशाखाका एसएसपी सहकुल थापाले भने।

झाकी श्रीमती ज्ञानु झाले सुरक्षागार्ड कान्छाराज तामाङ विरुद्ध किटानी जाहेरी दिएकी थिइन्। महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएको कारण पक्राउ गरेको परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

गत भदौमा प्रहरीले उनलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएर कुनै प्रमाण फेला नपरेपछि छाडेको थियो। झाको हत्या हुँदा घरमा ८० वर्षीय राजदूत र उनकी श्रीमती बस्थे। घरमा एक जना गार्ड, खाना पकाउने र माली समेत सँगै थिए। घटना भएको दिन घरका ढोका र झ्याल बन्द भएकाले प्रहरीले घटना घरभित्र नै भएको हुनसक्ने अनुमान गरिरहेको थियो।

घर भित्रकै घटना हुन सक्ने भन्दै प्रहरीले घरमा काम गर्ने तीन जनालाई नियन्त्रणमा लिएको थियो। २० दिनभन्दा बढी अनुसन्धान पछि प्रहरीले उनीहरूलाई छोडेको थियो। प्रमुख जिल्ला अधिकारीको निर्देशनमा जनही ८ हजार रुपैयाँ धरौटी बुझाएर उनीहरू छुटेका थिए। उनीहरुको पोलिग्राफ परीक्षण समेत गरिएको थियो। परीक्षणमा झुट बोलेको देखिए पनि पोलिग्राफलाई अदालतले प्रमाणको रुपमा नमान्ने हुँदा प्रहरीले अदालतमा पेश गर्न सकेको थिएन।

गत भदौ ४ गते झाको चक्कु प्रहार गरी हत्या भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell