PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

इङ्लिस प्रिमियर लिगः घरेलु मैदानमा बराबरीमा रोकियो चेल्सी



पहिलोपोस्ट

इङ्लिस प्रिमियर लिगः घरेलु मैदानमा बराबरीमा रोकियो चेल्सी

इङ्लिस प्रिमियर लिगको आइतबार राति भएको खेलमा चेल्सी र लेस्टर सिटीले १/१ को बराबरी खेलेका छन्। सुरुवातमै लिएको अग्रता जोगाउन नसक्दा चेल्सी घरेलु मैदानमा अंक बाँड्न बाध्य भयो।

चेल्सीलाई मेसन माउन्टले खेलको ७ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। यद्यपि, लेस्टर सिटीका लागि एनडीडीले ६७ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। यो खेलसँगै चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डले प्रशिक्षकका रुपमा लगातार दोश्रो खेलमा पनि जित निकाल्न सकेनन्। यसले लाम्पार्डमा दबाब बढेको छ।

यता लेस्टर सिटीको भने यो सिजनको यो दोश्रो बराबरी हो। यसअघि लेस्टरले बुल्भ्ससँग पनि गोलरहित बराबरी खेलेको थियो। चेल्सी भने यसअघि पहिलो खेलमा म्यानचेस्टर युनाइटेडसँग ४–० ले पराजित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell