PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

एभिसी सेन्ट्रलजोन मेन्स भलिबलः नेपाल किर्गिस्तानसँग भिड्ने



पहिलोपोस्ट

एभिसी सेन्ट्रलजोन मेन्स भलिबलः नेपाल किर्गिस्तानसँग भिड्ने

काठमाडौंः एभिसी सेन्ट्रलजोन मेन्स भलिबल च्याम्पियनसिप आजबाट सुरु हुँदै छ। लगनखेलस्थित नेपाल आर्मीको कोर्टमा आज ३ वटा खेल हुनेछन्। पहिलो खेलमा तुर्कमेनिस्तान र अफगानिस्तान भिड्ने छन् भने दोस्रो खेलमा नेपालले किर्गिस्तानको सामना गर्ने छ। त्यस्तै, आजै हुने तेस्रो खेलमा बंगलादेश र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्ने छन्। नेपाल र अफगानिस्तानबीचको खेल दिउँसो ४ बजे हुने छ। 


प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ।  समूह ‘ए’ मा नेपाललगायत किर्गिस्तान र माल्दिभ्स रहेका छन्। त्यस्तै, समूह ‘बी’ मा तुर्कमेनिस्तान, बंगलादेश, उज्वेकिस्तान र अफगानिस्तान रहेका छन्। 


नेपालले साउन २९ र ३० गते प्रतियोगिताको तयारीस्वरूप अफगानिस्तान विरुद्धको मैत्रीपूर्ण खेल क्लिन स्विप गरेको थियो। प्रतियोगिता आउनै लाग्दा हात पारेको जितले नेपाली टोली उच्च मनोबलका साथ मैदानमा उत्रने विश्वास गरिएको छ। 


भदौ २ गतेदेखि ७ गतेसम्म हुने एभिसी सेन्ट्रलजोन मेन्स भलिबल च्याम्पियनसिपमा नेपाललगायत किर्गिस्तान, माल्दिभ्स, तुर्कमेनिस्तान, बंगलादेश, उज्वेकिस्तान र अफगानिस्तानको सहभागिता रहने छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell