PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

जम्मू कश्मीरमा १५ दिने सैन्य प्रशिक्षण लिएर फर्किए धोनी



जम्मू कश्मीरमा १५ दिने सैन्य प्रशिक्षण लिएर फर्किए धोनी
फोटो: twitter.com/ChennaiIPL

भारतीय टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनी जम्मू कश्मीरमा सेनाको १५ दिनको तालिम लिएर नयाँ दिल्ली फर्किएका छन्। विश्वकपबाट भारत बाहिरिएपछि सेनाको तालिममा रुचि देखाएका धोनी ३० जुलाईमा प्रादेशिक सेनाको १०६ टीए बटालियनमा सामेल भएका थिए। 

उनी भारतीय सेनाका मानार्थ लेफ्टिनेन्ट कर्णेलसमेत हुन्। धोनीले भिक्टर फोर्सको हिस्साका रुपमा कश्मीरमा ड्युटी गरेका थिए। उनले पेट्रलिङ, गार्ड र पोस्ट ड्युटी गरेका थिए।

ड्युटीका क्रममा बच्चासँग क्रिकेट खेलेका उनको एउटा फोटो पनि भारतीय सामाजिक सञ्जालमा भाइरल भएको छ। चेन्नइ सुपर किङले उनको उनको बच्चासँग खेल्दै गरेको फोटो सार्वजनिक गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell