PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

वरिष्ठ नेताको दोस्रो नम्बरमा परेपछि माधवकुमार नेपालले ‌ओलीलाई भने : षड्यन्त्र गर्नुभो



कुञ्जरमणि भट्टराई

वरिष्ठ नेताको दोस्रो नम्बरमा परेपछि माधवकुमार नेपालले ‌ओलीलाई भने : षड्यन्त्र गर्नुभो

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी ने क पाको आइतवार बसेको सचिवालय बैठकले वरिष्ठ नेताको वरीयतामा फेरबदल गरेलगत्तै वरिष्ठ नेता माधवकुमार नेपालले कडा आलोचना गरेका छन्।

बैठकले यसअघि वरिष्ठ नेताको पहिलो नम्बरमा रहेका माधवकुमार नेपालका ठाउँमा पार्टी एकीकरणदेखि नै वरीयता खोसिएको भन्दै असन्तुष्ट बन्दै आएका झलनाथ खनाललाई राखेको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिको वरीयतामा खनाल रहनेछन्। माधवकुमार नेपाल भने चौथो वरीयतामा झरेका छन्।

वरीयतामा आफ्नो स्थान गुमेपछि आइतबार बसेको सचिवालय बैठकमा वरिष्ठ नेता नेपालले प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ‌ओलीलाई षड्यन्त्र गरेको आरोप लगाएका थिए।

'मैले एकीकरणपछि मलाई वरिष्ठ नेता बनाउनुस् पनि भनेको थिइनँ। झलनाथजीलाई वरिष्ठ नेता नबनाउने भन्दा पनि मैले नै विरोध गरेको थिएँ,' नेकपाका एक नेताले माधवकुमार नेपालले ओलीसँग राखेको असन्तुष्टि उदृत गर्दै भने, 'पहिला मसँग खुसी हुनुहुन्थ्यो, मलाई वरिष्ठ नेताको पहिलो नम्बरमा राख्नुभयो। अहिले मसँग असन्तुष्ट हुनुहुन्छ। मलाई दोस्रो नम्बरमा राख्नुभयो। झलनाथजीलाई पहिलो नम्बरमा राख्ने कुरामा मेरो आपत्ति छैन। तर, यहाँले षड्यन्त्र गर्नुभयो।'

त्यस्तै बैठकमा नेता नेपालले नोट अफ डिसेन्ट लेख्ने बताएका थिए। नेता नेपालले वरीयताका विषयमा नभइ कार्य विभाजनमा एकलौटी रुपले अघि बढेको भन्ने विषयमा नोट अफ डिसेन्ट लेख्ने बताएको स्रोतको दाबी छ।

नेता नेपालले बैठकमा वरीयताका आधारमा अष्टलक्ष्मी शाक्य, भीम रावल र युवराज ज्ञवालीले पनि जिम्मेवारी पाउनुपर्ने माग गरेका थिए।

तल्ला तहका नेताहरुलाई जिम्मेवारी दिइसकिएकाले अष्टलक्ष्मी शाक्य, भीम रावल र युवराज ज्ञवालीलाई सचिवालयमा ल्याउन नेता नेपालले माग गरेको स्रोतको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell