PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

भूल भूलैया २ मा कार्तिक आर्यान तान्त्रिकको भेषमा देखिँदै



भूल भूलैया २ मा कार्तिक आर्यान तान्त्रिकको भेषमा देखिँदै
फोटो:TIE

सन् २००७ सालमा प्रर्दशनमा आएको अक्षय कुमार र विद्या बालन अभिनित सुपरहिट फिल्म भूल भूलैयाको सिक्वेल 'भूल भूलैया २' निर्माण हुने भएको छ।

फिल्ममा अहिलेका युवापुस्ता माझ चर्चित बलिउड अभिनेता कार्तिक आर्यन अनुबन्धित भइसकेका छन्।

हालै कार्तिक आर्यनको भूल भूलया २ मा समावेश पहिलो लुक्स बाहिरिएको छ। जसमा उनको लुक्स २००७ मा प्रर्दशन भएको अक्षय कुमारको भूल भूलैयाको लुक्ससँग मिलेको छ। सार्वजनिक तस्विरमा उनी एक तान्त्रिकझै देखिएका छन्। अनिश बज्मी निर्देशित यस फिल्ममा भूषण कुमारको लगानी रहेको छ।

भूल भूलैया २ मा अभिनय गर्न पाउँदा कार्तिकले आफू निकै उत्साहित रहेको भन्दै अक्षय कुमारले निर्वाह गरेको भूमिकामा देखिन पाउँदा खुशी भएको बताउँछन्।  

फिल्ममा अक्षय कुमार गेस्ट रोलमा देखिने चर्चा छ। २००७ मा प्रर्दशन भएको यो फिल्म कमेडी जनारामा निर्माण भएको थियो।  फिल्ममा अक्षयले मनोवैज्ञानिकको भूमिका निर्वाह गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell