PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

दिलकुमारी मृत्यु प्रकरणः सालाको जाहेरीपछि भिनाजुलाई प्रहरी नियन्त्रणमा लिइ अनुसन्धान



पहिलोपोस्ट

दिलकुमारी मृत्यु प्रकरणः सालाको जाहेरीपछि भिनाजुलाई प्रहरी नियन्त्रणमा लिइ अनुसन्धान

काठमाडौं: सुन्धारास्थित एउटा होटेलको चौथो तलाबाट एक महिला हामफाल्दा भएको रहस्यमय मृत्युपछि प्रहरीले ती महिलाका श्रीमानलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। गत शनिवार ३८ वर्षीया दिलकुमारी गुरुङले नागराज होटेलबाट हामफाल्दा उनको मृत्यु भएको थियो।

उनी शुक्रवार होटेलमा कोठा लिएर बसेकी थिइन्। उनी श्रीमान् र सासुससुरासँगै होटेलमा पुगेको प्रारम्भीक अनुसन्धानमा देखिएको महानगरीय प्रहरी वृत्त जनसेवाका डिएसपी वासुदेव खतिवडाले जानकारी दिए। प्रहरीका अनुसार मृतकका श्रीमानलाई नियन्त्रणमा लिइ काठमाडौं जिल्ला अदालतबाट कर्तव्य ज्यानमा ६ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ।

मृतकका भाइले प्रहरीमा आफ्नै भिनाजुविरुद्ध किटानी जाहेरी दिएका थिए। ‘ मृतकका भाइले किटानी जाहेरी दिएपछि नियन्त्रणमा लिएका हौं,‘ डिएसपी खतिवडाले भने।

प्रहरीले शुरुमा अनुसन्धानका लागि परिवारका सदस्यलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। परिवारका अन्य सदस्यलाई भने छोडिसकेको छ। ‘ विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौं। हत्या आत्महत्या भन्ने कुरापछि अनुसन्धानमा खुल्छ,‘ डिएसपी खतिवडाले भने।

याे पनि पढ्नुस्

सुन्धाराको नागराज होटलको चौथो तल्लाबाट हामफालेर महिलाले गरिन् आत्महत्या



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell