PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

विरोधका बाबजुद् काममा फर्कन कश्मीरका सरकारी कर्मचारीलाई भारतको आदेश



विरोधका बाबजुद् काममा फर्कन कश्मीरका सरकारी कर्मचारीलाई भारतको आदेश
शुक्रबार काश्मीरमा भएको प्रदर्शन । फोटोः AP ।

कश्मीर: भारतीय अधिकारीहरुले कश्मीरका सरकारी कर्मचारीलाई विरोध तथा प्रदर्शनको बाबजुद् पनि काममा फर्कन आदेश दिएका छन्। त्यहाँ भईरहेको विरोधकाबीच पनि सो क्षेत्रमा आज केही विद्यालय पुन सञ्चालनमा आएको द गार्डियन पत्रिकाले जनाएको छ

भारतको केन्द्रीय सरकारले जम्मु र कश्मीरका विशेष अधिकार खोसेपछि उक्त क्षेत्रमा तनाव बढेको छ। उक्त निर्णय गरिएको २ हप्ता बितिसक्दा शनिबार राति भएको प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडपमा परि घाइते भएका कम्तीमा २ दर्जनलाई अस्पताल भर्ना गरिएको जनाइएको छ। प्रदर्शनकारीलाई तितरबितर पार्न सुरक्षाकर्मीले त्यहाँ अश्रु ग्यास, खुर्सानी बम तथा रबरको गोली प्रयोग गरिएको बताइएको छ। रिपोर्टहरुका अनुसार स्वास प्रस्वाससँग सम्बन्धित समस्याका कारण प्रदर्शनमा सम्मिलित एक ६५ वर्षीय बृद्धको मृत्यु भएको छ।

गत शनिबार र आइतबार पनि सो क्षेत्रमा केही युवा युवतीहरुले सडकमा अवरोध सृजना गर्दै व्यावसायिक सवारी साधनलाई फर्काइदिएका थिए। यस्ता क्रियाकलापले पनि कश्मीरमा सरकारी कार्यालयहरु सञ्चालन गर्न सहज नहुने आशा गरिएको छ। शुक्रबारबाट उक्त क्षेत्रका केही स्थानहरुमा लगाइएको कर्फ्यु सहज गरिएको भए पनि केही स्थानमा भने कडा कर्फ्यु अझै कायमै रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell