PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अफगानिस्तानमा श्रृङ्खलाबद्ध बम बिस्फोट, ३४ घाइते



अफगानिस्तानमा श्रृङ्खलाबद्ध बम बिस्फोट, ३४ घाइते
फोटोः रोयटर्स ।

काबुल: स्थानीय रेष्टुरेण्ट तथा सार्वजनिक स्थानहरुलाई लक्षित गरी गरिएको श्रृङ्खलाबद्ध बम बिस्फोटमा परि अफगानिस्तानमा ३४ जना घाइते भएका छन्। १०० ‌औँ स्वतन्त्रता दिवस मनाइरहेको अफगानिस्तानमा उक्त श्रृङ्खलाबद्ध बम बिस्फोट भएको रोयटर्सले जनाएको छ

स्लामिक स्टेट तथा तालिवान दुबै लडाकु समूहहरुको बलियो पकड भएको उक्त क्षेत्रका १० स्थानमा भएका बम बिस्फोटको जिम्मेवारी भने कसैले पनि नलिएको बताइएको छ। जलालबादमा भएका बमहरु स्वतन्त्रता दिवस मनाएर फर्किएका मानिसहरुको भीडलाई लक्षित गरी बिस्फोट गरिएको जनाइएको छ। जसमा कम्तीमा ३४ जना घाइते भएको त्यहाँका वरिष्ठ स्वास्थ्य अधिकारी फहिम बशारीले जानकारी दिएका छन्।

काबुलमा स्वतन्त्रता दिवसको अवसरमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति अश्राफ घानीले लडाकुहरुको गुँडलाई तहसनहस पार्न अफगानिस्तानको पक्षमा उभिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell