PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भन्सारमा गाडी इन्ट्री गराउन लाइन बसेका चालकको मृत्यु 



भन्सारमा गाडी इन्ट्री गराउन लाइन बसेका चालकको मृत्यु 

  • राधेश्याम पटेल-

वीरगंजः वीरगंज भन्सारमा  भारतीय नम्बरको कन्टेनर इन्ट्री गराउन लाइनमा बसेका एक चालकको मृत्यु भएको छ।

भारत उत्तर प्रदेश इटहवा जिल्ला भरतपुर बस्ने ४५ बर्षीय अबधेश सिंह लाइनमा बस्ने क्रममा बेहोस भई मृत्यु भएको वीरगंज प्रहरीले जनायो। 

गए राति साढे १० बजे रक्सौलबाट एचआर ३८ भि ५६०६ नम्बरको मालबाहक भारतीय कन्टेनर लिएर नेपालतर्फ भित्रिने क्रममा सवारी साधनलाई भन्सार कार्यालयमा इन्ट्री गराउन लाइनमा बसेका सिंह अचानक बेहोस भएका थिए।

उपचारका लागि तत्काल वीरगंजस्थित नारायणी अस्पतालमा ल्याउने क्रममा सिंहको बाटोमै मृत्यु भएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरेले बताए। मृतकको शव पोष्ट मार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ। उनको मृत्यु हृदयघातबाट भएको चिकित्सकले बताएका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell