PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

एभिसी सेन्ट्रलजोन पुरुष भलिबलः नेपाल पहिलो खेलमै पराजित



एभिसी सेन्ट्रलजोन पुरुष भलिबलः नेपाल पहिलो खेलमै पराजित

काठमाडौं: एभिसी सेन्ट्रलजोन पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल पहिलो खेलमै पराजित भएको छ। नेपाल कीर्गिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको हो। 

लगनखेलस्थित नेपाल आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्ड हलमा भएको खेलमा  नेपालले पहिलो सेट २५–२३ तथा दोस्रो तथा तेस्रो सेट २५–२२ ले गुमाएको हो। नेपालले अर्को खेल बुधबार साँझ ५ बजे माल्दिभ्ससँग खेल्ने छ।
 
आजै भएको प्रतियोगितको पहिलो खेलमा तुर्किमेनिस्तानले अफगानिस्तानलाई ३–१ को सेटमा पराजित गरेको थियो।
 
प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ।  समूह ‘ए’ मा नेपाललगायत कीर्गिस्तान र माल्दिभ्स रहेका छन्। त्यस्तै, समूह ‘बी’ मा तुर्कमेनिस्तान, बंगलादेश, उज्वेकिस्तान र अफगानिस्तान रहेका छन्। 

भदौ २ गतेदेखि ७ गतेसम्म हुने एभिसी सेन्ट्रलजोन पुरुष भलिबल च्याम्पियनसिपमा नेपाललगायत कीर्गिस्तान, माल्दिभ्स, तुर्कमेनिस्तान, बंगलादेश, उज्वेकिस्तान र अफगानिस्तानको सहभागिता रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell