PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पोग्बाले पेनाल्टी गुमाउँदा म्यान्चेस्टर युनाइटेडको उल्भ्ससँग बराबरी



पहिलोपोस्ट

पोग्बाले पेनाल्टी गुमाउँदा म्यान्चेस्टर युनाइटेडको उल्भ्ससँग बराबरी

इङ्लिस प्रिमियर लिगको सोमबारको खेलमा म्यानचेस्टर युनाइटेड र उल्भरह्याम्टनले बराबरी खेलेका छन्। पाउल पोग्बाले खेलको दोस्रो हाफमा पेनाल्टी मिस गरेसँगै युनाइटेड र घरेलु टोली उल्भ्सले अंक बाँडेका हुन्। खेलको २७ औं मिनेटमा एन्टोनी मार्टियसले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। त्यस्तै, खेलको ५५ औं मिनेटमा रुबेन नेभिसले गोल गर्दै उल्भ्सलाई बराबरीमा ल्याएका थिए।

खेलको ६८ औं मिनेटमा युनाइटेडले पेनाल्टीको मौका पाएको थियो। यद्यपि, पाउल पोग्बाले मौकाको सदुपयोग गर्न सकेनन् र पेनाल्टी खेर फाले। गत सिजनदेखि अहिलेसम्म पोग्बाले पेनाल्टी गुमाएको यो पहिलो पटक हो। यो सिजनको पहिलो खेलमा चेल्सीमाथि ४-० को प्रभावशाली जित निकालेको युनाइेटडले गएराति पाएको मौकाको सदुपयोग गर्न नसक्दा अंक बाँड्नुपर्‍यो।

यो सिजनमा उल्भ्सको यो दोस्रो बराबरी हो। यसअघिको खेलमा लेस्टर सिटीसँग पनि उल्भ्सले बराबरी खेलेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell