PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

लाओसमा बस दुर्घटना, ८ जनाको मृत्यु



लाओसमा बस दुर्घटना, ८ जनाको मृत्यु
फोटो: xinhuanet

लाओसमा पर्यटक सवार बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। मृत्यु हुने सबै चिनियाँ पर्यटकको रहेको बताइएको छ।

दुर्घटनामा घाइते भएका २९ जनालाई भने उपचारका लागि अस्पताल लगिएको सिन्हवाले जनाएको छ। अधिकारीहरुले एक व्यक्ति वेपत्ता रहेको र उनको खोजीकार्य जारी रहेको बताएको छ।

लुआङ प्रबाङतर्फ ४३ जना पर्यटक लिएर गएको सो बस सडकबाट चिप्लिएर करिब ३० मिटर गहिरो खोल्सोमा खसेको प्रहरीले बताएको छ। बसको ब्रेकले काम नगरेका कारण बस दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell