PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

५० पदका लागि हुने उपनिर्वाचनका लागि ४० करोड लाग्ने अनुमान



५० पदका लागि हुने उपनिर्वाचनका लागि ४० करोड लाग्ने अनुमान

काठमाडौं: निर्वाचन आयोगले आगामी मंसिर १४ गतेका लागि तोकेको उपनिर्वाचनका लागि करिब ४० करोड रुपैयाँ खर्च लाग्ने जानकारी दिएको छ। आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार प्रतिनिधिसभाको १, प्रदेशसभाका ३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष ४, नगरपालिका प्रमुख १ र  वडाध्यक्ष ४१ समेत गरी ५० पदका लागि हुने उपनिर्वाचन हुनेछ।

उपनिर्वाचनमा करिब ५ लाख मतदाता रहेका छन्। उपनिर्वाचनमा ५५० मतदान केन्द्र रहने जानकारी आयोगले दिएको छ। गत साउन १६ गते १८ वर्ष उमेर पुगेका, निर्वाचन केन्द्रको मतदाता नामावलीमा नाम समावेश भएका नेपाली नागरिकले मतदान गर्न पाउनेछन्।

उपनिर्वाचन सम्पन्न गर्न करिब ६ हजार ८०० जनशक्ति परिचालन गर्नुपर्ने अनुमान निर्वाचन आयोगले गरेको छ। आयोगले रकम निकासाका लागि अर्थ मन्त्रालयमा पत्रचार गरिसकेको छ। निर्वाचनको तयारीका लागि आयोग तीव्रताका साथ जुटिरहेको प्रवक्ता खरेलले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell