PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अब नेपालमा पनि 'भिडियो पसल', फिल्म रिजिल भएकै दिन एपमा हेर्न सकिने



अब नेपालमा पनि 'भिडियो पसल', फिल्म रिजिल भएकै दिन एपमा हेर्न सकिने

नेपाली फिल्म हेर्नका लागि नयाँ अनलाइन एप सञ्चालनमा आएको छ। यसअघि अन्तर्राष्ट्रिय बजारमा मात्र सञ्चालन भइरहेको ‘भिडियो पसल’ अब नेपालमा उपलब्ध गराइएको हो। जसको व्यवस्थापन अधिकार ओएसआर डिजिटले लिएको छ।

निर्देशक ओम अग्रवालले नेपाली फिल्म क्षेत्रको संरक्षण तथा प्रवद्र्धनका साथै बजारको दायरालाई फराकिलो बनाउन उक्त एप सञ्चालनमा ल्याएको बताएका छन्। उनी हलमा फिल्म रिलिज भएकै दिन ‘भिडियो पसल’मा पनि फिल्म रिलिज गर्ने योजना रहेको बताउँछन्।

हाल रिलिज भइसकेका फिल्म दर्शक समक्ष एकैपटक पुर्‍याउनमा एप केन्द्रित रहेको छ। ‘भिडियो पसल’ मा न्युनतम शुल्क तिरेर नयाँ फिल्महरु हेर्न पाइने छ। त्यस्तै केही फिल्महरु भने नि:शुल्क पनि उपलब्ध हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell