PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कश्मीरबारे कुरा गर्न मोदी र खानलाई ट्रम्पको फोन, 'अवस्था गम्भीर, तर छलफल भने राम्रो'



कश्मीरबारे कुरा गर्न मोदी र खानलाई ट्रम्पको फोन, 'अवस्था गम्भीर, तर छलफल भने राम्रो'
फोटो : DAWN

वासिङ्टन:  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कश्मीर विवादबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग फोन वार्ता गरेका छन्।

राष्ट्रपति ट्रम्पले मोदी र खानसँग फोन वार्ता गरेको ट्वीटरमार्फत जानकारी दिएका हुन्। ट्रम्पले दुई असल साथीसँग कुराकानी गरेको भन्दै  व्यापार, रणनीतिक साझेदारी, भारत र पाकिस्तानको सहकार्यलगायतका विषयमा पनि छलफल गरेको बताए।

ट्रम्पले कश्मीरको अवस्था निकै तनावपूर्ण भए पनि दुवै नेतासँग भने राम्रो कुराकानी भएको बताएका छन्।

उनले केही समयअघि भारत र पाकिस्तानबीच देखिएको समस्या समाधान गर्न मध्यस्थता गर्न सक्ने बताएका थिए। पाकिस्तानी प्रधानमन्त्री खान ह्वाइट हाउसमा पुगेका बेला मोदीले आफूलाई कश्मीरबारे पाकिस्तानसँग मध्यस्थता गर्न आग्रह गरेको ट्रम्पले दाबी गरेका थिए। तर, भारत सरकारले भने मोदीले त्यस्तो कुनै आग्रह नगरेको बताएको थिए।

भारत सरकारले जम्मू कश्मीरलाई विभाजन गर्दै विशेषाधिकार खोसेसँगै भारत र पाकिस्तानबीच विवाद बढ्दै गएको छ। पाकिस्तानले भारतसँगको व्यापारिक र कुटनीतिक सम्बन्धलाई सीमित गर्न रेल, बस सेवा रद्द गरेको छ भने भारतीय फिल्म, विज्ञापनमाथि प्रतिबन्ध लगाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell