PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पत्रकार अधिकारीलाई पौडेलको श्रद्धाञ्जली



पत्रकार अधिकारीलाई पौडेलको श्रद्धाञ्जली

काठमाडौं: रुपन्देही नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सप्तरीमा भएको सडक दूर्घटनामा जीवन गुमाएका पत्रकार डायलशन अधिकारीप्रति उनको घरमा पुगेर श्रद्धान्जली व्यक्त गरेका छन्। 

पौडेलले रुपन्देहीको तिलोत्तमा नगरपालिका ३ स्थित अधिकारीको घरमा पुगेर श्रद्धान्जली व्यक्त गरेका हुन्। पौडेलले शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन्। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आउँदो असोज ९ गते आयोजना गर्न लागेको लगानी सम्मेलनको प्रचारप्रसार गर्न पूर्वको विराटनगर र झापा जाँदै गरेको बा १६ च २२३५ नम्बरको जिप शनिबार बिहान सप्तरीको कञ्चनरुप नगरपालिका –११ बक्साह चोकमा दुर्घटना हुँदा पत्रकार अधिकारीको मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell