PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

जातीयताबारे विवादास्पद अभिव्यक्ति दिएका भारतीय इस्लामिक प्रचारकले मलेसियासँग मागे माफी



जातीयताबारे विवादास्पद अभिव्यक्ति दिएका भारतीय इस्लामिक प्रचारकले मलेसियासँग मागे माफी
फोटोः रोयटर्स ।

क्वालालम्पुर: मलेसियाको धर्म तथा जातीयताबारे विवादास्पद अभिव्यक्ति दिएका भारतीय इस्लामिक प्रचारक जाकिर नाइकले मलेसियासँग माफी मागेका छन्। उनको अभिव्यक्तिबारे प्रहरीले घण्टौं लामो सोधपुछ गरेको भोलिपल्ट आज उनले माफी मागेको रोयटर्सले जनाएको छ

मुस्लिम समुदायको बाहुल्य रहेको मलेसियामा धर्म र जातीयतालाई निकै संवेदनशील विषयको रुपमा लिने गरिन्छ। भारतमा सम्पत्ति शुद्धीकरणको मुद्दासमेत खेपिसकेका नाइकले मलेसियाका अल्पसङ्ख्यक जातिलाई बहुसङ्ख्यक मुस्लिम समुदायसँग तुलना गर्दै होच्याएपछि उनको चर्को आलोचना भएको थियो।

केही दिनअघि उनले मलेसियाका अल्पसङ्ख्यक हिन्दूहरुसँग भारतका अल्पसङ्ख्यक मुस्लिमहरुभन्दा सय गुणा बढी अधिकार भएको अभिव्यक्ति दिएका थिए। उक्त विषयमा मलेसियाली प्रहरीले उनीसँग १० घण्टा लामो सोधपुछ गरेको थियो। करिब ३ वर्षदेखि मलेसियामा बस्दै आएका उनले सो अभिव्यक्तिप्रति क्षमा माग्दै आफू नश्लवादी नभएको दाबी गरेका छन्।

नाइकले कुनै व्यक्ति वा समुदायलाई ठेस पुर्‍याउने आफ्नो चाहना नभएको विज्ञप्ति जारी गर्दै भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell