PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

'जाइरा'को टोलीलाई स्वागत गर्न इटहरीमा निकालियो लाखे



पहिलोपोस्ट

'जाइरा'को टोलीलाई स्वागत गर्न इटहरीमा निकालियो लाखे

इटहरी: आगामी शुक्रबार रिलीज हुन लागेको नेपाली चलचित्र 'जाइरा'को प्रचारप्रसार मोफसलमा सकिएको छ। प्रचारप्रसार सकेर टोली काठमाडौं फर्केको छ।

नेपालका मुख्य सहरहरु पोखरा, चितवन तथा धरान र इटहरीमा चलचित्रको प्रचारप्रसार गरिएको थियो। इटहरीमा प्रचारप्रसार टोलीलाई स्थानीयले परम्परागत भन्दा भिन्न शैलीको कार्यक्रम आयोजना गरेर स्वागत गरेका थिए। इटहरीका स्थानीय युवाको सक्रियतामा लाखे निकालेर चलचित्र 'जाइरा' टोलीलाई स्वागत गरिएको हो।

इटहरीमा 'जाइरा'को प्रचारमा सहयोग तथा रिलीजको खुशियालीमा लाखे निकालिएको थियो। प्रचार यात्रामा चलचित्रकी मुख्य नायिका नम्रता श्रेष्ठ, अभिनेता प्रमोद अग्रहरी, कलाकार सम्राट मगरलगायत रहेका थिए। मोफसल प्रचारको क्रममा नायिका नम्रता श्रेष्ठले मिक्स मार्शल आर्ट फाईटसँग नेपालीहरु त्यति धेरै परिचित नभएकोले चलचित्र केही अनौठो लाग्न सक्ने बताउँदै चलचित्र राम्रो बनेकाले सफल हुनेमा विश्वस्त देखिइन्।

पहिलो पटक यस प्रकारको भूमिकामा अभिनय गरेकी नम्रताले स्पोर्टस् ड्रामा 'जाइरा' एक्सन मन पर्ने दर्शक मात्र नभएर सबै दर्शकले मन पराउने विश्वास व्यक्त गरिन्। मोफसलमा अभिनेता प्रमोद अग्रहरीको लुक्सको चर्चा भएको थियो। अग्रहरीले 'जाइरा'मा आफु नेगेटिभ भूमिकामा भएको प्रष्ट्याए।

त्यस्तै, पोखराको एक रक बारमा 'टम्बल वीड' ब्याण्डले 'जाइरा'को ओरिजिनल साउण्ड ट्रयाकको प्रस्तुति दिएको थियो। चलचित्रको ओएसटी निर्माण गरेको उक्त ब्याण्ड सोहि प्रस्तुतिको लागि पोखरा पुगेको थियो।

आशुतोष राज श्रेष्ठले निर्देशन गरेको 'जाइरा'मा नम्रता श्रेष्ठ, अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, श्रृजना रेग्मी, सुजिता श्रेष्ठ, सम्राट मगर लगाएतका कलाकारहरुको अभिनय रहेको छ। प्रनिता श्रेष्ठ निर्माता रहेको उक्त चलचित्रको कार्यकारी निर्माता प्रसन्न गोपाली हुन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell