PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'यात्री' लिएर आए गायक सुनिल गिरी



पहिलोपोस्ट

'यात्री' लिएर आए गायक सुनिल गिरी

गायक सुनिल गिरीको नयाँ गीत सार्वजनिक भएको छ। 'यात्री' बोलको गीत भिडियोसहित युट्युब रिलिज भएको हो। गीतमा शब्द, संगीत र स्वर सबै गिरीकै रहेको छ।

गीतको भिडियोमा घान्द्रुक बेसीदेखि पैदल यात्रा गर्दै अन्नपूर्ण बेस क्याम्प पुग्दासम्मका दृश्य कैद गरिएका छन्। योगल दाहालले खिचेको गीतको भिडियो निर्देशन सुनिल स्वयंले गरेका हुन्। उनले भिडियोको उद्देश्य नेपाल भ्रमण वर्ष २०२० का लागि केही योगदान पुर्‍याउनु रहेको बताए।

मदानी क्रियसनको प्रस्तुति रहेको म्युजिक भिडियोमा सुनिल गिरी, विष्णुकान्त घिमिरे, टिकाराम पनेरु, रामकृष्ण बानियाँ, विनोद अधिकारी फिचर्ड छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell