PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

अनुसन्धानका लागि रवि लामिछाने थप ५ दिन हिरासतमै, अदालतले दियो अनुमति



पहिलोपोस्ट

अनुसन्धानका लागि रवि लामिछाने थप ५ दिन हिरासतमै, अदालतले दियो अनुमति

काठमाडौं : पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयलाई लिएर प्रहरीले पक्राउ गरेका रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न दोस्रो पटक म्याद थप गरिएको छ।

जिल्ला अदालत चितवनले पाँच दिनको म्याद थप गर्न अनुमति दिएको हो। जिल्ला अदालत चितवनका न्यायाधीश विनोदकुमार गौतमको इजलासले गत शुक्रवार पहिलो पटक पाँच दिन अनुसन्धानका लागि थुनामा राख्न अनुमति दिएको थियो।

गत बिहीवार प्रहरीले लामिछानेसँगै न्युज २४ का पत्रकार युवराज कँडेललाई नियन्त्रणमा लिएको थियो। यसअघि प्रहरीले रुकु भनिने नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको थियो। पक्राउ गरेपछि त्यसै दिन नै थप अनुसन्धानका लागि चितवन लगिएको थियो। साउन २० गते राति नारायणढस्थित पोखरा बसपार्कमा रहेको होटेल कंगारुको २०२ नम्बर कोठमा सञ्चारकर्मी शालिग्राम पुडासैनी मृत अवस्थामा फेला परेका थिए।

घटनास्थलबाट प्रहरीले पुडासैनीको साथबाट फेला पारेको भिडियोमा रुँदै भनेका छन्, 'रवि दाइ, मलाई मर्न बाध्य बनाएकोमा तपाइँहरूलाई पाप लाग्छ। केही केही दीनदुःखीको उद्धार पनि गर्नुभयो, तर अरुको प्रगति देख्न सक्नुभएन। दुनियाँलाई थर्काउनुभयो, ढिलोचाँडो दुनियाँले तपाइँको असली रुप देख्नेछ। मसँग प्रमाण छ, आज नभए पनि भोलि तपाइँको पापको घडा भरिन्छ।'

भिडियोको आधारमा नै अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ परेका तीनै जनाको सरकारी वकिल समक्ष बयान भइरहेको छ। सोमवार र मंगलवार रविसँग बयान लिइएको थियो। पोष्टमार्टम रिपोर्टमा ह्याङ्गिङको कारण मृत्यु भएको रिपोर्ट समेत प्रहरीले प्राप्त गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell