PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदै, यस्तो छ राजनीतिक भेटघाटको तालिका



पहिलोपोस्ट

भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदै, यस्तो छ राजनीतिक भेटघाटको तालिका

काठमाडौँः भारतीय विदेशमन्त्री एस जयशंकर आज नेपाल आउँदैछन्। नेपाल भारतको संयुक्त आयोगको बैठकमा भाग लिन जयशंकर बुधवार बिहान नेपाल आउन लागेका हुन्। आयोगको बैठकको अतिरिक्त जयशंकरले राजनीतिक भेटघाट पनि गर्नेछन्।

बैठकमा सहभागी हुनुअघि नै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गर्नेछन्। यस्तै, जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गर्ने कार्यतालिका रहेको छ। 

विदेशमन्त्री भएपछि उनी पहिलोपटक नेपाल आउन लागेका हुन्। संविधान जारी हुनुअघि जयशंकर नेपाल आएका थिए। तत्कालीन विदेश सचिव समेत रहेका जयशंकरको नेपाल भ्रमणपछि भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगाएको थियो। कतिपयले जयशंकरलाई नाकाबन्दीका सूत्रधार समेत बताउँदै आएका छन्।

आयोगको बैठक आज ३ बजे उद्घाटन हुँदैछ। बैठकमा राजनीति, सीमा सुरक्षा, व्यापार र पारवहन लगायतका विषयमा छलफल हुनेछ। केही द्विपक्षीय सम्झौताको पनि तयारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell