PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

हेर्नुस् उतिखेरको कटुता भुलेर बालुवाटारमा मुस्कुराउँदै प्रम ओली र भारतीय विदेश मन्त्री एस जय शंकर

हेर्नुस् उतिखेरको कटुता भुलेर बालुवाटारमा मुस्कुराउँदै प्रम ओली र भारतीय विदेश मन्त्री एस जय शंकर

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : बुधवार मध्यान्ह काठमाडौं उत्रिएका भारतीय विदेश मन्त्री एस जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका छन्।

भेटघाटका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका विदेश सचिवसँग ओली प्रशन्न मुद्रामा देखिएका थिए। विदेशमन्त्री भएपछि पहिलोपटक नेपाल आएका भए पनि नेपाल यात्रा जयशंकरका लागि नयाँ होइन।

नेपालमा संविधान जारी हुनुअघि उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिनिधिका रुपमा नेपाल आएका थिए। त्यतिखेर संविधान जारी हुन रोक्ने उनको उद्देश्यलाई तत्कालीन प्रधानमन्त्री सुशील कोइराला तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली लगायतको सहकार्यमा असफल बनाइएको थियो।

त्यही घटनाबाट बिच्किएको भारत सरकारले नेपालमाथि अघोषित रुपमा नाकाबन्दी लगाउँदा जय शंकर विदेश सचिवको भूमिकामा थिए। नेपालमा नाकाबन्दी लगाउनेमा उनको पनि प्रमुख भूमिका रहेको मानिन्छ।

भारतमा दोस्रो पटक प्रधानमन्त्री निर्वाचित भएपछि मोदीले जय शंकरलाई विदेश मन्त्री बनाएका हुन्। जय शंकर यिनै हुन् जसले नेपालमाथि लगाएको नाकाबन्दीलाई केपी ओलीले कडा रुपमा प्रतिवाद गरेका थिए।

राजनीतिमा असम्भव भन्ने केही पनि हुँदैन यसै भनिएको होइन। नेपालको संविधान नै जारी हुन रोक्न प्रमुख भूमिका निर्वाह गरेका जय शंकर मन्त्री भए। त्यसको कडा प्रतिवाद गरेर राष्ट्रवादी छवि बनाएका केपी ओली नेतृत्वले चुनावमा झन्डै दुई तिहाई सिट सुरक्षित गर्‍यो। ‌ओली प्रधानमन्त्री बने।

र, राजनीतिको यो मोडमा पहिलो पटक विरोधी झैं आमने सामने देखिएका दुई पात्र एकै थलोमा भेटिए मुस्कुराउँदै। भेटको साक्षीको रुपमा नेपालका लागि भारतका राजदूत मन्जित सिंह पुरी, प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई तथा विदेश मन्त्रालयका सचिव शंकर दास वैरागी उपस्थित थिए।

 हेर्नुस् बालुवाटारमा प्रधानमन्त्री ओलीको टिमसँग भारतीय राजदूत र विदेशमन्त्री एस जय शंकर-



ट्रेन्डिङ पोस्ट

Ncell