PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

रविकी पत्नी निकिताको उजुरी महनगरीय प्रहरी परिसरले लिएन, जाहेरी दिन चितवन नै जानुपर्ने



स्वेच्छा राउत

रविकी पत्नी निकिताको उजुरी महनगरीय प्रहरी परिसरले लिएन, जाहेरी दिन चितवन नै जानुपर्ने

काठमाडौं : रवि लामिछानेकी श्रीमती निकिता पौडेल शालिकराम पुडासैनीले आत्महत्या अगाडि खिचेको भिडियो कीर्ते गरेको आरोपसहित प्रहरीमा जाहेरी दिन पुगिन्।

उनले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष एवम् जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध उजुरी दिन महानगरीय प्रहरी परिसर काठमाडौं टेकु पुगेकी हुन्।

तर, प्रहरीले उनको निवेदन दर्ता गरेन।

शालिकराम पुडासैनीको आत्महत्याको अनुसन्धान चितवन प्रहरीले गरिरहेको छ। आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेका साथै अस्मिता कार्की र युवराज कँडेल अहिले चितवन प्रहरीको नियन्त्रणमा छन्। उनीहरुमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।

प्रहरीले भने निकिताको उजुरी क्षेत्राधिकार भित्र नपर्ने भन्दै अस्वीकृत गरेको जनाएको छ।

'उहाँको उजुरी हाम्रो क्षेत्राधिकार भित्र नपर्ने भएकाले दर्ता नगरेका हौं,' एसएसपी उत्तमराज सुवेदीले पहिलोपोस्टसँग भने। यससँगै निकिताले जाहेरी दर्ता गराउन चितवन नै पुग्नु पर्ने भएको छ।

सामाजिक संजालमा उक्त भिडियोलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको बेलामा निकिता पनि सो भिडियो कीर्ते भएको भन्दै प्रहरीमा उजुरी दिन पुगेकी हुन्।

शालिकरामले गत साउन २० गते चितवन, भरतपुरस्थित कंगारु होटलमा आत्महत्या गरेका थिए। उनले आत्महत्या गर्नुअघि रवि, अस्मिता र युवराजको नाम लिएको भिडियोलाई प्रहरीले बलियो प्रमाण भन्दै उनीहरुलाई नियन्त्रणमा लिएको थियो।

माघ ७ गते निकिता पौडेल र रवि लामिछाने वैवाहिक बन्धनमा बाँधिएका थिए। विवाहपछि चलचित्र विकास बोर्डको अध्यक्ष पदबाट राजिनामा दिएकी निकिताले पारिवारिक समय बिताइ रहेकी थिइन्। रवि पक्राउ परे लगत्तै उनले सामाजिक सञ्जालमार्फत रविको पक्षमा आवाज उठाइरहेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell