PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'हाडको डोको'मा शहरका बालबालिकालाई मौलिक पाठ



'हाडको डोको'मा शहरका बालबालिकालाई मौलिक पाठ

काठमाडौं: बाल साहित्यमा कलम चलाउँदै आएका पत्रकार दामोदर न्यौपानेको छैटौं बालकृति 'हाडको डोको!' सार्वजनिक भएको छ।

शहरका बालबालिकालाई मौलिक औजारबारे जानकारी दिने उद्देश्यले किताब बजारमा ल्याएको न्यौपानेले बताए।

२४ पेजको चित्रकथामा डोको बन्ने प्रक्रियाबारे प्रष्टाइएको छ। कुकुरले डोको टोकेको देखेपछि संस्कार नामका बालकलाई डोको हाडले बनेको त हैन भन्ने प्रश्नपछिको कथा किताबमा रोचकसाथ प्रस्तुत गरिएको छ।

कथालाई प्रदीप बहिङ राइले चित्र कोरेका छन्। शिखा बुक्सले बजारमा ल्याएको किताबको मुल्य १०१ रुपैयाँ तोकेको छ।

न्यौपानेले यसअघि एम्बुसमा ६ वर्ष द्वन्द्व संस्मरण, 'कर्म: सिकाइमा गहिरिएको खाडल' र 'स्वर्णिम समय' दुई बालमनोविज्ञानमा आधारित पुस्तक, ‘ट्यालेन्ट शो’ र 'स्कुल बेच्ने बालक' बालचित्र कथा प्रकाशन भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell