PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कान्ति लोकपथको लगानी, बालुवामा पानी



दिनेश खड्का

कान्ति लोकपथको लगानी, बालुवामा पानी

काठमाडौं : ७५ प्रतिशत काम सकिएको कान्ति लोकपथमा गरिएको लगानी खेर जाने भएको छ। भौगर्भिक अवस्थाको अध्ययन नगरी सडक निर्माण गरिएकाले लगानी खेर जाने अवस्था आएको प्राविधिकहरुले बताएका छन्।

हेटौंडाबाट राजधानी जोड्ने यो सडकमा साढे दुई अर्ब लगानी गरिएको छ। करिव ९० किलोमीटरको यो सडक राजधानी जोड्ने छोटो दूरीको सडकको रुपमा लिइएको छ।

'वर्खाको समयमा सडक संचालन हुन सक्दैन्। यो वर्षको बर्खामा पहिरोका कारण सडकमा ३२ करोड रुपैयाँ बराबरको क्षति भएको छ,' कान्ति लोकपथ आयोजनाका इन्जिनियर अमिन्द्र खड्काले भने।

पहिरोको दिगो समाधान नसोचिएका कारण कान्ति लोकपथमा राज्यले गरेको लगानीको सार्थक हुन नसकेको उनले बताए। आयोजनाका अधिकारीले पहिरोको दिगो समाधानका लागि बनेपा-बर्दिवास सडक (विपी राजमार्ग) जस्तै मोडलमा निर्माण गर्नुपर्ने बताएका छन्।

'विपी राजमार्गमा वाल र माथि स्लोव प्रोटेक्सन राखिएकोले पहिरोको समस्या छैन। कान्ति लोकपथलाई विपी राजमार्गकै डिजाइन अनुसार बनाए मात्रै यो सडकमा गाडी गुडाउन सकिन्छ', खड्काले भने।

कमजोर भुगोल रहेका कारण बर्षेनी पहिरोको समस्या आईरहेको कान्तिलोकपथ खड्काले जानकारी दिए। खड्काका अनुसार वर्षेनी बर्खामा सडकमा क्षति पुग्ने गरेको छ। झाँक्री डाँडा, भालुखोला, ठिगन, वगुवा, नयाँ गाउँ, मकवानपुरगढी, सिमातलगायतका स्थानमा पहिरोको बढि जोखिम भएका उनले बताए। केहि स्थानमा बर्षेनी सडकनै भत्किने गरि ठूला चट्टानहरु खस्ने गरेको उनी बताउछन्। 

सो सडकमा पहिरो रोकथामका लागि योजना भने बनेको उनले जानकारी दिए।

खड्काले भने, 'स्लोव स्टेवलाईजेसन गर्नका लागि परामर्शदाता नियुक्त गरेर अध्ययन भइरहेको छ। सडक विभागबाट स्वीकृति लिएर स्लोव प्रोटेक्सनको काम गरिने छ।'

उक्त सडकका ६/७ स्थानलाई संवेदनशील मानेर अध्ययन रिपोर्ट तयार पारिएको खड्काले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell