PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सत्य निरुपण र बेपत्ताको अध्यक्ष सिफारिस भएन, पहिले कानुन त्यसपछि पदाधिकारी चयनमा नेकपा-कांग्रेस सहमत



पहिलोपोस्ट

सत्य निरुपण र बेपत्ताको अध्यक्ष सिफारिस भएन, पहिले कानुन त्यसपछि पदाधिकारी चयनमा नेकपा-कांग्रेस सहमत

काठमाडौँः सत्तापक्ष नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रतिपक्ष दल नेपाली कांग्रेसबीच शान्ति प्रक्रियाका बाँकी काम छिटोभन्दा छिटो पूरा गर्नेमा सहमति भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको दुई दलको बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई पूर्णता दिँदै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने सहमति भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बैठकमा सर्वोच्च अदालतको आदेश अनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकलाई संसद्को प्रक्रियाबाट सहमति गरेर छिटो टुङ्गोमा पु¥याउनेसमेत सहमति भएको उनले जानकारी दिए। “विधेयकको विभिन्न पक्षका बारेमा पनि छलफल भयो”, उनले भने, “शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गराउनका लागि विधेकयलाई अगाडि बढाउने सहमति भयो।”

सत्य निरुपण र बेपत्ता आयोगका अध्यक्ष र सदस्यको नाम सिफारिसका लागि गठित सिफारिस समितिलाई चाँडो नाम सिफारिस गर्नसमेत अनुरोध गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए।

समितिले नाम सिफारिस गरेपछि मनित्रपरिषद्ले निर्णय गर्नेछ। दुई आयोगको पदाधिकारी सिफारिस गर्न पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा समिति गठन गरिएको छ।

काङ्ग्रेस नेता रमेश लेखकले सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम पूरा गर्नका लागि त्यससम्बन्धी विधेकयलाई चाँडो ल्याउने सहमति भएको बताए।

“विधेयकबारे तत्काल छलफल गरेर चाँडोभन्दा चाँडो संसद्मा लैजाने सहमति भएको छ”, उनले भने, “संसद्मा लैजानुअघि विधेयकलाई सातवटै प्रदेशमा विधेयकका बारेमा सरोकारवाला र अरुसँग छलफल गर्ने गरिनेछ।”

नेता लेखकले समितिले आयोगका पदाधिकारी नाम सिफारिस गरे पनि मन्त्रिपरिषद्ले निर्णय गरेपछि आयोगले पूर्णता पाउने बताए। गत चैतदेखि दुवैवटा आयोगका पदाधिकारी रिक्त छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell