PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सभामुखले बच्चालाई दूध पिलाइरहेको एउटा फोटो, जुन भइरहेको छ भाइरल



पहिलोपोस्ट

सभामुखले बच्चालाई दूध पिलाइरहेको एउटा फोटो, जुन भइरहेको छ भाइरल
फोटो : Reuters ।

वेलिङ्टन: न्युजिल्याण्डको संसदमा जब सांसदहरु तेलको मूल्य निर्धारणको विषयमा जोसका साथ वादविवाद गरिरहेका थिए, त्यति नै बेला संसदका सभामुख भने एक बच्चालाई दुध पिलाइरहेका थिए

सभामुख ट्रेभोर मलार्डले छ हप्ते बालकलाई दुध पिलाइरहेको उक्त भिडियोले यतिबेला इन्टरनेटमा चर्चा पाइरहेको छ। ती छ हप्ते बालक सांसद टमाटे कोफेका छोरा थिए। सरोगेट आमाबाट गत महिना उनलाई जन्म दिइएको थियो। कोफेको संसदमा संबोधनको पालो आएपछि बालकलाई सभामुख मलार्डले समातिदिएका थिए। सोहि क्रममा उनले बालकलाई बोतलबाट दुध पिलाएका थिए।

सम्भव भएसम्म आफूले कानुन निर्माताहरुलाई उनीहरुको बच्चा समातिदिएर विभिन्न समय सहयोग गर्ने गरेको सभामुखले बताए।

यतिबेला न्युजिल्याण्डको संसदमा ती छ हप्ते बालकसँगै अन्य थुप्रै बालबालिकाले हेरचाह पाएका छन्। सभामुख मलार्डले नै संसदलाई बालमैत्री बनाउदै संसदमा हेरचाह गर्न मिल्न वातावरण बनाएका हुन्। 

न्युजिल्याण्डको संसदमा दर्जनौँ सांसदले आफ्नो बालबच्चा ल्याउने गर्छन्। गत वर्षमात्रै प्रधानमन्त्री जेसिन्डा आर्डेर्नले संसदबाट पहिलो पटक सुत्केरी विदा पाएकी थिइन्। उनी कार्यालयमै बच्चा जन्माउने संसारकै दोस्रो महिला पनि हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell