PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

राजाका नाममा राजनीति गर्नेहरु डाइनोसर हुन, चिहानमा आराधना गरेर राजतन्त्र फर्कदैन  : बास्कोटा



राजाका नाममा राजनीति गर्नेहरु डाइनोसर हुन, चिहानमा आराधना गरेर राजतन्त्र फर्कदैन  : बास्कोटा

काठमाडौं:  सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले राजाका नाममा राजनीति गर्नेहरु डाइनोसर जस्तै हुने बताएका छन। अरु देशमा राजतन्त्रका पतनका इतिहास दर्दनाक भएको भन्दै उनले राजाका नाममा राजनीति गर्नेहरु डाइनोसर जस्तै लोप हुने तर्क गरेका हुने। 

मन्त्रीपरिषद् बैठकका पछिल्ला निर्णय सार्वजनिक गर्दै उनले राजतन्त्रको वकालत गर्दै हिँड्नेहरु प्रति लक्षित गर्दै भने ' को राजा? कहाँको राजा? कुन देशको राजा, लावण्य देशको राजा ? राजतन्त्र एकादेशको कथा भैसक्यो।'अब इतिहास पढनेले पढ्नेछन्, बाइसे–चौबीसेदेखि राजतन्त्रको अन्त्यसम्म।'

राजतन्त्र फकार्उन अभियान चलाएकाहरु प्रति लक्षित गर्दै बास्कोटाले भूपू मायालुको कल्पनामा रमाएर राजतन्त्र ल्याउछु भन्नेहरुलाई सपना नदेख्न समेत चेतावनी दिँदै भने, 'पानी धमिलो पारेर माछा मार्ने खेल नगरौं। मरेको राजतन्त्रले फडा उठाउन सक्दैन। चिहानमा आराधना गरेर राजतन्त्र फर्कदैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell