PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

साफ यू-१५ फुटबलः नेपाल पहिलो जितको खोजीमा श्रीलंकासँग प्रतिस्पर्धा गर्ने



पहिलोपोस्ट

साफ यू-१५ फुटबलः नेपाल पहिलो जितको खोजीमा श्रीलंकासँग प्रतिस्पर्धा गर्ने
फोटोः एन्फा

काठमाडौं: दक्षिण एसियाली खेलकुद अन्तर्गत भारतको कल्याणीमा जारी यू-१५ फुटबलमा नेपालले आज श्रीलंकाको सामना गर्दै छ। पहिलो खेलमा आयोजक भारतसँग ५–० को लज्जास्पद हार बेहोरेको नेपालले आज दोश्रो खेलमा पहिलो जित निकाल्ने योजनाका साथ मैदान उत्रने छ। यता पहिलो खेलमा भुटानमाथि जित निकाल्दै सुखद सुरुवात गरेको श्रीलंका पनि लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहने छ। खेल आज दिउँसो ३:१५ मा हुनेछ।  

नेपालले अर्को खेल १० गते बंगलादेशविरुद्ध तथा १२ गते भुटानविरुद्ध खेल्ने छ। राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।

नेपाली टोली

गोलकिपर्सः ईश्वर गुरुङ, मनोज दाहाल, जिनियस केसी

डिफेन्डर्स: प्रज्ञान महर्जन, अभिशेक वाइबा, प्रमिश गुरुङ, अजय चौधरी, जन लिम्बू, रोशन थापा

मिडफिल्डर्स: जन्मेजय धामी, निराजन मल्ल, प्रदीप लम्साल, नीतेश श्रेष्ठ, असीम राई, बिपिन तुम्सिङ मगर, अमिर हमिद, मोहित गुरुङ, निराजन खत्री, अनिल चौलागाई

स्ट्राइकर्स: कृष्ण अधिकारी यादव, कृष सापकोटा, सुगन जिमी, शशांक बोहरा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell