PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

महिला आयोगमा पदाधिकारी नियुक्ति गर्न दबाब



पहिलोपोस्ट

महिला आयोगमा पदाधिकारी नियुक्ति गर्न दबाब

काठमाडौँः राष्ट्रिय महिला आयोग २२ महिनादेखि पदाधिकारीविहीन भएपछि सरोकारवालाले चासो देखाएका छन्।

सञ्चारिका समूह र महिला सुरक्षा दबाब समूहले प्रधानमन्त्री कार्यालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, नेपाल कम्युनिस्ट पार्टी ( ने क पा), नेपाली कांग्रेस, राजपा र समाजवादी पार्टीहरूमा ध्यानाकर्षणसहितको ज्ञापनपत्र पेस गरिसकेका छन्।

ज्ञापनपत्रमा ‘राज्यको निर्णायक तह र पीडित एवं सीमान्तकृत महिलाहरुबीचको समन्वय गर्ने निकाय ओझेल पर्दा नेपाली महिलाहरूको न्यायको पहुँचमा पुग्न सकेका छैनन्। आयोगमा यथाशीघ्र योग्य पदाधिकारी नियुक्त गरिनुपर्छ’ उल्लेख गरिएको छ।

महिलाको हक, अधिकार तथा सशक्तिकरणको लागि काम गर्दै आएको संवैधानिक निकाय लामो समयसम्म पदाधिकारीविहीन हुँदा नीतिगत निर्णय हुन नसकेकोतर्फ समूहले ध्यानाकर्षण गराएको हो।

महिला आयोगमा नियुक्तिका लागि उमेर हद तोकिएकोप्रति पनि उनीहरूले असन्तुष्टि जनाए।

दबाब समूहकी अध्यक्ष सावित्री थापाले उमेर हद नतोक्न आग्रह समेत गरिन्। यस्तै सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डितले नियुक्ति प्रक्रियाका लागि दबाब जारी राखेको बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell